कास्कीमा करिब ६२ प्रतिशत मत खस्यो
सारांश
- कास्कीमा आज भएको प्रतिनिधिसभा निर्वाचनमा ६२ प्रतिशत मत खसेको छ।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार यस्तो अनुमान गरिएको हो।
- कार्यालय प्रमुखका अनुसार ६५ प्रतिशत मत खस्ने अनुमान गरिएता पनि ६२ प्रतिशत मात्रै भयो।
पोखरा । मतदान सकिएसँगै कास्कीमा मतगणनाको तयारी सुरु भइसकेको छ । निर्वाचन कार्यालयले मतदान सकिएसँगै मतगणनाको पनि तयारी थालेको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्कीका ३ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रबाट साढे २ घण्टाभित्रै मतपेटिका गणनास्थलमा ल्याइसक्ने योजना छ ।
आजै राति ११ बजेबाट मतगणना सुरु गर्ने गरी तयारी गरिएको कार्यालय प्रमुख नारायण ढकालले जानकारी दिए । उनका अनुसार कास्कीका तीनवटै निर्वाचन क्षेत्रको मतगणना स्थल तोकिएको छ भने सुरक्षाका लागि सीसीटीभी र तारजालीको व्यवस्था गरिएको छ ।
क्षेत्र नम्बर १ को मतगणना १२ नम्बर वडा कार्यालयमा हुनेछ भने २ को ड्यामसाइडस्थित सिँचाइ डिभिजन कार्यालय र क्षेत्र नम्बर ३ को मालेपाटन स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमै मतगणना हुनेछ ।
मतगणना स्थलको सुरक्षालाई लिएर निर्वाचन आयोगले सीसीटीभी जडानलाई प्राथमिकता दिएको छ । ‘मतगणना स्थल र मतपेटिका भण्डारण गर्ने कोठा दुवै ठाउँमा सीसीटीभी क्यामेरा जडान भएका छन् । सुरक्षाका लागि तारजालीको प्रयोग पनि गरिएको छ,’ उनले भने, ‘सबै क्षेत्रको गणनास्थल तयार भइसक्यो । अब केही घण्टाभित्रै मतपेटिका गणना स्थलमा ल्याउने योजना बनाइएको छ ।’
राति ढिलोमा साढे ९ बजेसम्म सबै मतपेटिका संकलन भैसक्ने उनले सुनाए । ‘कास्कीको सबैभन्दा टाढाको दुरीमा रहेको छोम्रोङबाट पनि गाडी र पैदल गरी अढाई घण्टाभित्र मतपेटिका ल्याउन सकिनेछ,’ उनी भन्छन्, ‘बेलुका ७ बजेपछि सार्वजनिक सवारीसाधन चल्ने र निजी सवारीको चाप कम हुने हुँदा मतपेटिका ढुवानीमा समस्या हुनेछैन ।’
कास्कीमा मतगणना छिटो सक्नका लागि प्रत्येक निर्वाचन क्षेत्रमा ३–३ वटा समूह बनाएर गणना गर्ने योजना बनाइएको छ । निर्वाचन आयोगले प्रत्येक २–२ घण्टामा मतगणनाको अपडेट सार्वजनिक गर्ने व्यवस्था मिलाएको छ । कास्कीमा ६२ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण