कांग्रेस सभापति थापाले दिए निर्वाचनमा सहभागी सबैलाई धन्यवाद
सारांश
- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा सहभागी मतदाता, शुभेच्छुक, राजनीतिक दल, कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिएको छ।
- गगन थापाले निर्वाचनमा मतदाताको उत्साह र सक्रियताले लोकतन्त्रप्रतिको प्रतिबद्धता बलियो भएको बताए।
- कांग्रेसले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।
काठमाडौं । नेपाली कांग्रेसले बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी भएका मतदाता, शुभेच्छुक, राजनीतिक दल, कर्मचारी र सुरक्षाकर्मीलाई धन्यवाद दिएको छ । सभापति गगन थापाले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै निर्वाचन सम्पन्न गर्नमा सबैको भूमिका महत्वपूर्ण रहेको भन्दै आभार व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा सभापति थापाले लेखेका छन्, ‘प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रुपमा अभिव्यक्त भएको छ। निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु।’
निर्वाचनले लोकतान्त्रिक प्रणालीप्रति मतदाताहरूको गहिरो विश्वासलाई पुष्टि गरेको थापाको भनाइ छ । निर्वाचनमा मतदाताले देखाएको सक्रियताले राजनीतिक दलहरूलाई अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्ने थप जिम्मेवार बनाएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई थापाले धन्यवाद दिएका छन् । निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति आभार र बधाई थापाले दिएका छन् ।
उनले निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गरेका राजनीतिक दलहरू, सञ्चारकर्मी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई पनि धन्यवाद दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण