निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रपति पौडेलले दिए धन्यवाद
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरे।
- उनले निर्वाचनमार्फत मुलुकले जटिल राजनीतिक परिस्थितिबाट निकास पाएकोमा सन्तोष व्यक्त गरे।
- राष्ट्रपतिले निर्वाचन सफल पार्न खटिएका सबैलाई धन्यवाद दिए, मतदातालाई लोकतन्त्र मजबुत बनाउन धन्यवाद दिए।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन्। मुलुकले झेलिरहेको जटिल राजनीतिक परिस्थितिले यस निर्वाचनमार्फत निकास पाएको भन्दै उनले वर्तमान अवस्थाप्रति सन्तोष प्रकट गरेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले लोकतान्त्रिक अभ्यासको यो महत्त्वपूर्ण खुड्किलो पार हुनुलाई सकारात्मक उपलब्धिका रूपमा लिएका छन्। निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिने सरकार, निर्वाचन आयोग, सुरक्षा निकाय, राजनीतिक दल र राष्ट्रसेवक कर्मचारीहरूप्रति राष्ट्रपतिले विशेष आभार प्रकट गरेका छन्। साथै, आफ्नो मताधिकार प्रयोग गरी लोकतन्त्रलाई मजबुत बनाउने आम मतदाता र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि उनले धन्यवाद दिएका छन्।
सबै पक्षको सामूहिक प्रयास र सक्रियताले नै यो राष्ट्रिय जिम्मेवारी पूरा हुन सम्भव भएको उनको ठम्याइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण