सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

इरानमा सत्ता शून्यता नहुने सङ्केत, नेतृत्व प्रक्रिया संविधानअनुसार अघि बढ्दै

बिहीबार, २१ फागुन २०८२, २० : १३
बिहीबार, २१ फागुन २०८२

सारांश

  • इरानमा नेतृत्व परिवर्तनको प्रक्रिया चलिरहँदा सत्ता शून्यताको अवस्था नआउने संकेत देखिएको छ।
  • महत्त्वपूर्ण रणनीतिक निर्णयहरू नेतृत्व परिषद् र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मार्फत भइरहेका छन्।
  • नयाँ नेतृत्व चयनको प्रक्रिया इरानको संविधानअनुसार अघि बढिरहेको छ।

तेहरान । इरानमा नेतृत्व परिवर्तनको प्रक्रियाबिच देशमा सत्ता शून्यता सिर्जना नहुने सङ्केत देखिएको छ । इरानका सरकारी संरचनाहरू अहिले पनि नियमित रूपमा सञ्चालन भइरहेका तेहरान विश्वविद्यालयका सह–प्राध्यापक हसन अहमादियनले बताएका छन् । देशका महत्त्वपूर्ण रणनीतिक निर्णयहरू अहिले नेतृत्व परिषद् र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मार्फत भइरहेको अल जजिरासँग कुरा गर्दै उनले बताए ।

अहमादियनका अनुसार यी निकायहरूले पहिला रणनीतिक निर्णयहरू तयार पार्छन् र त्यसपछि ती प्रस्तावहरू नेतृत्व परिषद्मा पठाइन्छ । परिषद्ले आवश्यक परे निर्णयलाई अनुमोदन गर्ने वा संशोधन गर्ने प्रक्रिया अपनाउँछ । उनले यो प्रक्रिया इरानको सामान्य राजनीतिक निर्णय प्रणालीअनुसार नै चलिरहेको स्पष्ट पारे । इरानको संविधानअनुसार नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अघि बढिरहेको उनले भने ।

उनका अनुसार गार्डियन काउन्सिल भित्र यस विषयमा छलफल भइरहेको खबरहरू आएका छन् । ‘मैले इरानमा सत्ता शून्य हुने कुनै अवस्था देखेको छैन,’ अहमादियनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप