प्रतिनिधिसभा निर्वाचन-२०८२
हेलिकप्टरमार्फत मतपेटिका धुन्चे ल्याइयो
बिहीबार, २१ फागुन २०८२, २० : २८
सारांश
- रसुवामा ६१.३८ प्रतिशत मतदान सम्पन्न भयो।
- जिल्लाभर शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भयो र मतपेटिका सदरमुकाम ल्याइयो।
- लाङ्टाङ क्षेत्रबाट मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गरियो।
रसुवा । रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका ५७ मतदान केन्द्रबाट कुल २५ हजार ४५८ मतदाताले मतदान गरेका छन् । जिल्लामा कुल ४१ हजार ४७१ मतदाता रहेका थिए । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार जिल्लाभर निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएपछि मतपेटिकालाई सुरक्षित रूपमा सदरमुकाम ल्याउने काम सुरु गरिएको हो ।
मतपेटिकाको सुरक्षाका लागि जिल्लामा तैनाथ नेपाली सेना श्रीश्रीनाथ गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोली परिचालन गरिएको छ । सुरक्षाकर्मी र उम्मेदवारका प्रतिनिधिको उपस्थितिमा मतपेटिका ढुवानी कार्य अघि बढाइएको जनाइएको छ । भौगोलिक रूपमा विकट रहेको लाङटाङ क्षेत्रबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत ढुवानी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण