शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्नपछि अर्थमन्त्रीले दिए निर्वाचन आयोग र सुरक्षा निकायलाई धन्यवाद
बिहीबार, २१ फागुन २०८२, २१ : ०९
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधि सभा निर्वाचन शान्तीपूर्ण र व्यवस्थित रुपमा सम्पन्न भएको भन्दै निर्वाचन आयोग र सुरक्षा निकायलाई धन्यवाद दिएका छन्।
बिहीबार निर्वाचन सम्पन्न भएसँगै आफ्नो धारणा सार्वजनिक गर्दै उनले निर्वाचन आयोग र सम्पूर्ण सुरक्षा निकायप्रति हार्दिक कृतज्ञता प्रकट गरेका हुन्।
खनालले यस पटकको निर्वाचनमा विगतका तुलनामा पुनः मतदान गराउनुपर्ने स्थिति एकदमै न्यून रहेको औंल्याएका छन्। शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न हुनुले लोकतान्त्रिक प्रक्रियालाई थप बलियो बनाएको उनले बताए।
खनालले समाजिक सञ्जालमा लेखेका छन्,,‘यो निर्वाचन ऐतिहासिक रूपमा शान्तिपूर्ण रह्यो। पुनः मतदान गराउनु पर्ने स्थिति एकदम न्यून देखियो। यसका लागि निर्वाचन आयोग र सबै सुरक्षा निकायप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण