कर्णालीमा ५५ प्रतिशत मत खस्यो
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
सुर्खेत । कर्णालीमा ५५.१ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार, १० लाख ४८ हजार १३८ मतदातामध्ये ५ लाख ७७ हजार ५४२ जनाले मात्रै मत हालेका हुन् ।
मतदानमा सहभागी महिलाको संख्या ३ लाख १२ हजार ८४५ र पुरुष मतदाताको संख्या २ लाख ६४ हजार ६९५ रहेको छ ।
निर्वाचन क्षेत्रगत रुपमा हेर्दा सुर्खेत–१ मा १ लाख २२ हजार ९०२ मतदाता संख्या रहेकोमा ५७.०९ प्रतिशत अर्थात् ७० हजार १६७ मत खसेको छ ।
यस्तै, सुर्खेत–२ मा १ लाख २७ हजार ६६८ मतदाता संख्या रहेकोमा ५७.४६ प्रतिशत अर्थात् ७३ हजार ३५६ मत खसेको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेख–१ मा, ८१ हजार २८७ मतदाता संख्या रहेकोमा ५०।५२ प्रतिशत अर्थात् ४१ हजार ०६९ र ८१ हजार ५०३ मतदाता संख्या रहेको दैलेख–२ मा ४८.२४ प्रतिशत अर्थात् ३९ हजार ३२१ मत खस्यो ।
यस्तै १ लाख ०८ हजार ४७९ मतदाता संख्या रहेकोमा ५६.८४ प्रतिशत अर्थात् ६१ हजार ६५७, १ लाख ६४ हजार ६४८ मतदाता संख्या रहेको सल्यानमा ५१.१४ प्रतिशत अर्थात् ८४ हजार २०१ र १ लाख ७ हजार ७४८ मतदाता संख्या रहेको रुकुम पश्चिममा ५८.४४ प्रतिशत अर्थात् ६२ हजार ९६८ मत खसेको छ ।
यस्तै कालिकोटमा ५० प्रतिशत मत अर्थात ४२ हजार ५२३ मत खसेको छ, यहाँ ८५ हजार ०४४ मतदाता थिए ।
यस्तै ७२ हजार ४४४ मतदाता संख्या रहेको जुम्लामा ५६.८८ प्रतिशत अर्थात् ४१ हजार २०८, ३६ हजार ६०५ मतदाता संख्या रहेको मुगुमा ६०।५६ प्रतिशत अर्थात् २२ हजार १६८ मत खसेको छ ।
हिमाली जिल्ला डोल्पामा २५ हजार ००५ मतदाता संख्या रहेकोमा ६५।७३ प्रतिशत अर्थात् १६ हजार ४३७ मत खसेको छ भने ३४ हजार ८०५ मतदाता संख्या रहेको डोल्पामा ६४.५५ प्रतिशत अर्थात् २२ हजार ४६७ मत खसेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण