दाङमा ५८.३३ प्रतिशत मतदान
बिहीबार, २१ फागुन २०८२, २१ : २७
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
बुटवल । दाङमा ५८.३३ प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका कुल ४ लाख ३१ हजार ६ सय ८६ मतदातामध्ये २ लाख ५१ हजार ८ सय १९ जनाले मतदान गरेका छन्।
निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४० हजार १ मतदाता रहेकामा ८० हजार ९ सय २० मत खसेको छ । उक्त क्षेत्रमा ५७.८० प्रतिशत मतदान भएको हो।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९ सय ६५ मतदातामध्ये ८२ हजार ६ सय २६ जनाले मतदान गरेका छन् । जुन ५८.६१ प्रतिशत हो ।
निर्वाचन क्षेत्र नम्बर ३ मा भने जिल्लामै सबैभन्दा बढी मत खसेको छ । यस क्षेत्रमा १ लाख ५० हजार ७ सय २० मतदाता रहेकामा ८८ हजार २ सय ७३ मत खसेको छ । जुन ५८.५७ प्रतिशत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण