धमाधम सङ्कलन गरिँदैछन् मतपेटिका, तस्बिरहरू
सारांश
- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भयो।
- निर्वाचन आयोगका अनुसार मतदान केन्द्रहरूमा कुनै पनि स्थगनको घोषणा भएन, तर केही स्थानमा विवाद समाधान गरियो।
- प्रत्यक्षतर्फ ६५ राजनीतिक दल र समानुपातिकतर्फ विभिन्न उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहे।
काठमाडौँ । छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ । निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान साँझ ५ः०० बजे सम्पन्न भएको हो ।
_bSuGTvsvSK.jpg)
आयोगका अनुसार अहिलेसम्म कुनै पनि मतदान केन्द्रको मतदान औपचारिक रूपमा स्थगनको घोषणा भएको छैन । दोलखा, सर्लाही र रौतहटमा केहीबेर विवाद भए पनि समाधान भएको थियो । मतदान सम्पन्न भएसँगै देशभरबाट मतपेटिका संकलन कार्य धमाधम भइरहेका छन् ।
_8EgMbfeCB2.jpg)
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन भएको हो ।
_2jV4FKqQws.jpg)
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको थियो । १४३ अस्थायी मतदानस्थल तय भएका थिए ।
_i9ahz2FEEG.jpg)
निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, एक हजार ९२१ राष्ट्रिय अनुसन्धान र एक लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका थिए ।
_D6OY8TJBUh.jpg)
_z0HGMxBiMO.jpg)
_CeeeJsYzVA.jpg)
_RwIxGbXmIm.jpg)
_QFHKIM6kVS.jpg)
_IMuYiQEtFB.jpg)
_oVBrn5jk2k.jpg)
_XeB4WA0P3q.jpg)
_4QmZ40n3Ac.jpg)
_ROQBawosyN.jpg)
_dWZEhdKr7z.jpg)
_JinnXl2NEZ.jpg)
_MHriKi1cPD.jpg)
_mlorLPM2ua.jpg)
_GDOjWvkBxA.jpg)
_sXTa6tZxno.jpg)
_XJFRCZX5U9.jpg)
_SvgxCpRX8W.jpg)
_WmuHBu1YTO.jpg)
_GDkrrkvPv4.jpg)
_9roNOB5Ai5.jpg)
_Cn6ydzlDPe.jpg)
_vk2MmmWeT1.jpg)
_3ByQTNkEId.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण