प्रतिनिधि सभा निर्वाचन
काठमाडौँ– १ मा सर्वदलीय बैठक सकियो, १० बजेदेखि मतगणना
दुई–दुई घण्टामा अपडेट दिइने
बिहीबार, २१ फागुन २०८२, २१ : ५०
सारांश
- काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक सम्पन्न भयो र मतगणना राति १० बजे सुरु हुनेछ।
- मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुई-दुई घण्टामा मतपरिणाम अद्यावधिक गर्ने जनाएको छ।
- शुक्रबार बिहानसम्म नतिजा आउने अपेक्षा गरिएको छ, जसमा विभिन्न दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्।
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठक सकिएसँगै आजै राति १० बजेदेखि मतगणना सुरु हुनेछ ।
दुई–दुई घण्टामा मतपरिणाम अपडेट दिइने मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताए ।
रातभर मतगणना हुनेछ भने शुक्रबार बिहानसम्म नतिजा आउने अपेक्षा गरिएको छ ।
यहाँ नेपाली कांग्रेसबाट प्रबल थापा,नेकपा एमालेबाट मोहनराज रेग्मी,नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मेनुका भण्डारी,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रञ्जु दर्शना र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट रविन्द्र मिश्र लगायत उम्मेदवार चुनावी मैदानमा छन्।
बिहीबार देशभर(१६५ निर्वाचन क्षेत्र) प्रतिनिधि सभा निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण