गण्डकीमा ६० प्रतिशत भन्दा कम मतदान, कहाँ–कहाँ हुँदैछ गणनाको तयारी ?
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
पोखरा । गण्डकी प्रदेशमा करिब ६० प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालका अनुसार ६० प्रतिशत हाराहारी मतदान भएको हो । सबैभन्दा बढी कास्कीमा ६१.३४ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम मनाङमा ४१ प्रतिशत खसेको उनले जानकारी दिए ।
यस्तै नवलपुरमा ६१ प्रतिशत, मुस्ताङमा ५६.४७ प्रतिशत, लमजुङमा ५६.७६ प्रतिशत, स्याङजा र म्याग्दीमा ५४ प्रतिशत, पर्वतमा ५३.१८ प्रतिशत, तनहुँमा ५१.७४ प्रतिशत, बागलुङमा ५१ प्रतिशत र गोरखामा ५० प्रतिशत मत खसेको हो।
१८ क्षेत्रमध्ये केही क्षेत्रमा आजै मतगणनाको तयारी छ । कास्कीका तीन वटै क्षेत्र, स्याङ्जा १ मा मतपेटिका सङ्कलन भइसकेको छ । यी क्षेत्रमा तुरुन्तै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने ढकालले जानकारी दिए । मुस्ताङमा पनि आजैबाट गणना गर्ने गरी बैठकमा प्रस्तुत हुने निर्वाचन कार्यालय प्रमुख लोकेन्द्र ज्ञवालीले बताए ।
तनहुँ १ र २ को मतपेटिका सङ्कलन भएको छ भने गोरखा २ को पनि पेटिका मतगणना स्थलमा सङ्कलन गरिएको छ । तनहुँ १ र गोरखा २ मा बैठक बसेर गणना सुरु गर्ने योजना छ । तनहुँ २ मा भने उम्मेदवारले नै शुक्रबारदेखि गणना गर्न आग्रह गरेकाले स्थगित भएको छ ।
नवलपुरमा पनि मतपेटिका सङ्कलन गरिएको छ । सर्वदलीय बैठकले तोकेकै समयबाट गणना थालिने कार्यालयले जनाएको छ । लमजुङमा पेटिका सङ्कलन सकिएको छैन । मतपेटिका सङ्कलन भएर सर्वदलीय बैठकपछि गणनाको टुङ्गो लाग्नेछ । बागलुङका दुवै क्षेत्रमा गणनाका लागि बैठक बस्ने तयारी छ ।
पर्वतमा उम्मेदवारको आग्रहमा शुक्रबारबाटै गणना गर्न लागिएको छ । म्याग्दीमा शुक्रबार बिहानै सर्वदलीय बैठक बसेर गणना हुनेछ । गोरखा १ र मनाङको मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने भएकोले शुक्रबार बिहान मात्रै सङ्कलन हुनेछ । प्रदेशका ३ निर्वाचन क्षेत्रको मतपेटिका सङ्कलन नै शुक्रबार बिहानसम्म हुनेछ भने बाँकीको मतपेटिका सङ्कलन अन्तिम चरणमा पुगेको छ ।
केही बाहेक सबै निर्वाचन क्षेत्रमा आजैदेखि गणना गर्ने तयारी भएको तर सर्वदलीय बैठकमा केही विलम्ब भएको ढकालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण