बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, २२ फागुन २०८२, ०६ : १६
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १४६ रुपैयाँ २७ पैसा र बिक्री दर १४६ रुपैयाँ ८७ पैसा तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले तोकेको छ, जसमा भारतीय रुपैयाँको विनिमय दर पनि समावेश छ।

काठमाडौँ, २२ फागुन : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ २९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ११ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३९ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९० पैसा र बिक्रीदर १५ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७० पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ४८ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 146.27 146.87
EUR  (European Euro) 1 169.80 170.50
GBP  (UK Pound Sterling) 1 195.29 196.09
CHF  (Swiss Franc) 1 187.48 188.25
AUD  (Australian Dollar) 1 103.11 103.54
CAD  (Canadian Dollar) 1 107.25 107.69
SGD  (Singapore Dollar) 1 114.56 115.03
JPY  (Japanese Yen) 10 9.30 9.34
CNY  (Chinese Yuan) 1 21.22 21.31
SAR  (Saudi Arabian Riyal) 1 38.97 39.13
QAR  (Qatari Riyal) 1 40.10 40.27
THB  (Thai Baht) 1 4.63 4.65
AED  (UAE Dirham) 1 39.83 39.99
MYR  (Malaysian Ringgit) 1 37.10 37.25
KRW  (South Korean Won) 100 9.94 9.98
SEK  (Swedish Kroner) 1 15.90 15.96
DKK  (Danish Kroner) 1 22.73 22.82
HKD  (Hong Kong Dollar) 1 18.70 18.78
KWD  (Kuwaity Dinar) 1 477.69 479.65
BHD  (Bahrain Dinar) 1 387.57 389.16
OMR  (Omani Rial) 1 379.92 381.48

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप