मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसका दुई उम्मेदवारको अग्रता

शुक्रबार, २२ फागुन २०८२, ०७ : ५४
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले दुई क्षेत्रमा अग्रता लिएका छन्।
  • ललितपुर-१ मा उदय शम्शेर जंगबहादुर राणा ५२२ मतका साथ अग्रस्थानमा छन्।
  • मुस्ताङ-१ मा योगेश गौचन थकाली ६८७ मतसहित अगाडि छन्।

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवारले दुई निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन्।

प्रारम्भिक मतपरिणामअनुसार ललितपुर–१ मा नेपाली कांग्रेसका उदय शम्शेर जंगबहादुर राणा ५२२ मतसहित अग्रस्थानमा छन्।

त्यस्तै मुस्ताङ–१ मा नेपाली कांग्रेसका योगेश गौचन थकाली ६८७ मतसहित अग्रता बनाइरहेका छन्।

देशभरका विभिन्न स्थानमा मतगणना जारी रहेकाले परिणाम क्रमशः सार्वजनिक भइरहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप