बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रचण्डको फराकिलो अग्रता, कुन उम्मेदवारको कति मत ?

शुक्रबार, २२ फागुन २०८२, १० : ०२
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • रुकुम पूर्वमा जारी मतगणनामा नेकपा माओवादीका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन्।
  • प्रचण्डले उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी कुसुम देवी थापालाई भारी मतान्तरले पछि पारेका छन्।
  • एमालेका लीलामाणि गौतम तेस्रो र रास्वपाका लखन कुमार थापा चौथो स्थानमा रहेका छन्।

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहँदा रुकुम पूर्मा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार पुष्पकमल दाहाल 'प्रचण्ड' ले फराकिलो अग्रता कायम गरेका छन् । सुरुवातदेखि नै अग्रता लिएका प्रचण्डले हालसम्म प्राप्त मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पछि पारेका हुन् ।

पछिल्लो मतगणनाको तथ्याङ्क अनुसार 'पाँचकुने तारा' चुनाव चिह्न भएका उम्मेदवार प्रचण्डले २ हजार ९ सय ८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा नेपाली कांग्रेसकी उम्मेदवार कुसुम देवी थापा रहेकी छन् । 'रुख' चुनाव चिह्न लिएर मैदानमा उत्रिएकी थापाले ९ सय १६ मत ल्याएकी छन् । पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारबीचको मतान्तर नै २ हजार ७३ रहेको छ ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार लिलामणी गौतम ५ सय ९२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् । 'घण्टी' चुनाव चिह्न लिएर उठेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखन कुमार थापाले भने २ सय ८९ मत प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रमा अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूले पनि सामान्य मत प्राप्त गरेका छन् । जसअनुसार प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दिप पुनले ५८ मत, मंगोल नेशनल अर्गनाइजेसनकी ज्योति रोका मगरले ४७ मत र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का जुद्ध बहादुर बुढा मगरले २९ मत प्राप्त गरेका छन् ।

यस्तै, नेशनल रिपब्लिक नेपालका धर्म कुमार बुढाले २८ मत, राष्ट्रिय जनमोर्चाका चन्द्र प्रसाद शाहीले १७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रोपण शाहले १३ मत र जनता समाजवादी पार्टीका सिर बहादुर बुढाले जम्मा २ मत प्राप्त गरेका छन् ।

No description available.

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप