सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इरानी ड्रोनवाहक जहाजमाथि आक्रमण गरेको अमेरिकी दाबी

शुक्रबार, २२ फागुन २०८२, १३ : २६
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • अमेरिकी सेनाले इरानको एउटा ड्रोनवाहक जहाजलाई निशाना बनाएको दाबी गरेको छ।
  • मध्यपूर्व क्षेत्र हेर्ने अमेरिकी सेनाको कमान्डले सामाजिक सञ्जालमा जानकारी दिएको छ।
  • आक्रमण कहाँ भयो भन्ने विवरण र क्षतिको अवस्थाबारे केही जानकारी दिइएको छैन।

वासिङ्टन डिसी । अमेरिकी सेनाले इरानको एउटा ड्रोनवाहक जहाजलाई निशाना बनाएको दाबी गरेको छ । सेनाको  मध्यपूर्व क्षेत्र हेर्ने केन्द्रीय कमान्ड (सेन्टकम)ले बिहीबार मार्च ५ सामाजिक सञ्जाल एक्स (एक्स)मा एउटा पोस्टमा यो जानकारी दिएको हो ।

सेन्टकमले पोस्टमा भनेको छ, ‘इरानी नौसेनालाई पूर्ण रूपमा डुबाउने मिसनमा अमेरिकी सेना पछि हटिरहेको छैन । आज दोस्रो विश्वयुद्धकालीन विमानवाहक जहाज जत्तिकै आकारको एक इरानी ड्रोन बाहकमाथि प्रहार गरिएको छ र अहिले त्यसमा आगो लागेको छ ।’

यद्यपि उक्त आक्रमण कहाँ भएको हो भन्नेबारे अमेरिकी पक्षले कुनै विवरण सार्वजनिक गरेको छैन । जहाजको क्षतिको अवस्था वा सम्भावित मानवीय क्षतिबारे पनि थप जानकारी दिइएको छैन । न त यस घटनाबारे इरानले नै कुनै औपचारिक प्रतिक्रिया दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप