जुम्लामा ज्ञानेन्द्र शाही फराकिलो अग्रतामा
सारांश
- जुम्लामा जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता लिएका छन्।
- कनकासुन्दरी गाउँपालिकाका वडाहरूको मतगणनामा शाहीले ७०० मतले अग्रता बनाएका छन्।
- नेकपाका नरेश भण्डारी दोस्रो र नेपाली कांग्रेसका दीपबहादुर शाही तेस्रो स्थानमा छन्।
जुम्ला । जुम्लामा जारी मतगणनाको प्रारम्भिक परिणाममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाहीलाई फराकिलो अग्रता बनाएका छन् ।
कनकासुन्दरी गाउँपालिकाका वडाहरूको मतगणना सकिँदै जाँदा शाहीले बलियो स्थिति बनाएका हुन् ।
कनकासुन्दरी गाउँपालिका–१, २, ३ र ४ को हालसम्म कुल २ हजार ७ सय ८८ मत गणना हुँदा शाहीले १ हजार ४ सय ५८ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका छन् । प्रारम्भिक मतपरिणाम अनुसार उनी आफ्ना निकटतम प्रतिस्पर्धी भन्दा ७ सय भन्दा बढी मतले अगाडि देखिएका छन् ।
मतगणनाको हाल सम्मको विवरण अनुसार नेकपा उम्मेदवार नरेश भण्डारीले ७ सय ५७ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । उनी शाही भन्दा ७ सय १ मतले पछि परेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ३ सय ४९ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले १ सय १२ मत प्राप्त गरेका छन् भने बिनिता कठायतले २३ मत पाएकी छन् ।
मतगणनाका क्रममा हालसम्म ७४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बिहीबार सम्पन्न निर्वाचनमा जुम्ला जिल्लामा कुल ७१ हजार ७ सय ३९ जना मतदाता सूचीकृत रहेका थिए।
तीमध्ये ४० हजार ८ सय ९७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण