मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

झापा– १ मा रास्वपाका डाँगीको अग्रता

शुक्रबार, २२ फागुन २०८२, १४ : ३३
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • झापा क्षेत्र नं १ मा रास्वपाकी निशा डाँगीले अग्रता लिएकी छन्।
  • निर्वाचन अधिकृतका अनुसार, डाँगीले ३,७७९ मत गणना गर्दा १,७०२ मत प्राप्त गरिन्।
  • यस क्षेत्रमा ७६,७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

झापा, २२ फागुन: झापा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार निशा डाँगीले अग्रता लिएकी छन् ।

निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार तीन हजार ७७९ मत गणना गर्दा डाँगीले एक हजार ७०२ मत प्राप्त गरेकी छन् । यहाँ श्रम संस्कृति पार्टीका उम्मेदवार केवलराम राईले ७७५, नेपाली कांग्रेसका केशवराज पाण्डेले ५२५ र नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले ४०५ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा एक लाख ३१ हजार ६७ मतदाता रहेकामा ७६ हजार ७७४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप