सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पर्सा— २ मा रास्वपाका अग्रता, चौरसिया तेस्रो

शुक्रबार, २२ फागुन २०८२, १४ : ३८
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • पर्सा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशीलकुमार कानुले अग्रता लिएका छन्।
  • निर्वाचन अधिकृतका अनुसार, हालसम्म २३४७ मतगणना हुँदा एमालेकी रिमा यादव दोस्रो स्थानमा छिन्।
  • यहाँ १७ दल र १२ स्वतन्त्र गरी ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

पर्सा । पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ २३ सय ४७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रिमा यादवले ७४३, नेपाली कांग्रेसका अजयकुमार चौरसियाले ३३० मत प्राप्त गरेका छन् ।

यहाँ विभिन्न दलका १७ र स्वतन्त्र १२ जना गरी ३१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसैगरी ९५ हजार १२० जना मतदाता रहेकामा यहाँ प्रत्यक्षतर्फ ६६ हजार ५७ र समानुपातिकतर्फ ६७ हजार ५७ मत खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप