सप्तरी–३ मा उपेन्द्र यादवलाई पछि पार्दै रास्वपाका चौधरीको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १८ : ०९
राजविराज । प्रतिनिधि सभा अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले सुरुवाती चरणमै अग्रता लिएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसमेत उम्मेदवार छन् । रास्वपाका चौधरीले एक हजार २०४ मत प्राप्त गर्दा जसपा नेपालका यादवले ९७८ मत प्राप्त गरेका छन् ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका दिनेश कुमार यादव २९३ मतसहित तेस्रो स्थानमा छन् । यस्तै जनमत पार्टीका सुरेन्द्रप्रसाद शर्माले १०१ मत प्राप्त गरेका छन् ।
यहाँ नेकपा एमालेका ताराकान्त चौधरीले ६४ र नेपाली कम्युनिस्ट पाटीका अरुणकुमार साहले २१ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण