प्रतिनिधि सभा निर्वाचनः तीन वटा पार्टीले खाता खोल्दा एमाले अहिलेसम्म शून्य
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा पाँच वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम घोषणा भएको छ ।
नतिजा घोषणा भएका ६ क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले तीन वटा, नेपाली कांग्रेसले दुई वटा र नेपाली कम्युनिस्ट पार्टीले एउटा क्षेत्रमा जित हासिल गरेका छन् ।
अहिलेसम्म तीन वटा पार्टीले जित निकाल्दा प्रमुख राजनीतिक दल नेकपा एमालेले भने खाता खोल्न सकेको छैन ।
रास्वपाले काठमाडौँ–६, काठमाडौँ–८ र काठमाडौँ–१ मा जित हासिल गरेको हो । यी निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू क्रमशः शिशिर खनाल, विराजभक्त श्रेष्ठ र रन्जु न्यौपाने निर्वाचित भएका हुन् ।
यस्तै, नेपाली कांग्रेसले मुस्ताङ र मनाङमा जित हासिल गरेको छ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित भएका हुन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वबाट निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण