०४८ साल यता कांग्रेस अपराजित रहेको डडेलधुरामा अग्रता बढाउँदै रास्वपा
डडेलधुरा । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा पनि अग्रता बढाउँदै लगेको छ । प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत अधिकांश निर्वाचन क्षेत्रमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेलधुरामा पनि अग्रता बनाएको हो ।
एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टीका ताराप्रसाद जोशीले ४७२१ मतसहित अग्रता लिएका छन् । दोस्रो स्थानमा कांग्रेसका नैनसिंह महरले २ हजार ८८३ मत पाएका छन् ।
डडेलधुरा जिल्लामा ०४८ साल यताका हरेक संसदीय निर्वाचनमा नेपाली कांग्रेस अपराजित रहँदै आएको थियो । यो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले उम्मेदवारी दिँदै आएका थिए । उनले कुनै पनि संसदीय निर्वाचनमा पराजय झेल्नु परेको थिएन ।
विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेसँगै देउवाको ठाउँमा महरलाई कांग्रेसले उम्मेदवार बनाएको थियो ।
डडेलधुरामा नेपाली कम्युनिस्ट पार्टीका मानसिंह मालले दुई हजार ७१५ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका चक्रप्रसाद स्नेहीले १ हजार २६१ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण