समानुपातिक तर्फ पनि रास्वपाको पक्षमा लहर
सारांश
- प्रतिनिधि सभा निर्वाचन २०८२ मा रास्वपाको प्रत्यक्षतर्फको नतिजा उत्साहजनक रह्यो।
- समानुपातिक तर्फको मतगणनामा रास्वपाले अन्य दललाई पछि पार्दै अग्रता लिएको छ।
- हालसम्मको गणनामा रास्वपाले १९ हजार २५ मत प्राप्त गरेको छ भने कांग्रेस दोस्रो स्थानमा छ।
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ रास्वपाको उत्साहजनक नतिजा आइरहँदा समानुपातिकतर्फको मतगणनामा पनि उस्तै लहर देखिएको छ।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो एकीकृत विवरणअनुसार रास्वपाले अन्य स्थापित र पुराना दलहरूलाई निकै पछाडि पार्दै निकै अग्रता कायम गरेको छ।
हालसम्म कुल ३३ हजार ३ सय ८९ मतको गणना हुँदा रास्वपा एक्लैले १९ हजार २५ मत प्राप्त गरेको छ । रास्वपालाई पछ्याइरहेको नेपाली कांग्रेसले ६ हजार २ सय ९५ मत पाएको छ ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी २ हजार ८ सय ५४ मतका साथ तेस्रो स्थानमा देखिएको छ। नेकपा ९एमाले० ले २ हजार ४ सय १८ मत प्राप्त गर्दै चौथो स्थानमा चित्त बुझाएको छ। श्रम संस्कृति पार्टीले ८ सय ३५ र नेपाली कम्युनिस्ट पार्टीले ७ सय ८३ मत ल्याएका छन् ।
मतगणनाको यो प्रारम्भिक रुझानले प्रत्यक्षतर्फ जस्तै समानुपातिकमा पनि मतदाताले रास्वपालाई मतदाताले रुचाएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण