महावीर पुनको आग्रहः मैले जिते पनि विजय जुलुस ननिकाल्नू
शनिबार, २३ फागुन २०८२, ०१ : ४२
सारांश
- म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार महावीर पुनले चुनाव जिते पनि विजय जुलुस नगर्न आग्रह गरेका छन्।
- उनले भ्रष्टाचार र कुशासन हटाएर देशलाई आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्य पूरा नभएसम्म विजय जुलुसको अर्थ नहुने बताए।
- पुनले अन्य उम्मेदवार र समर्थकलाई संयमता अपनाउन सुझाव दिएका छन्।
काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सामाजिक अभियन्ता महावीर पुनले आफू विजयी भए पनि विजय जुलुस ननिकाल्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले मतगणना भइरहेको उल्लेख गर्दै यदि आफू विजयी भए पनि गाउँ–गाउँबाट समर्थकहरू बेनी बजारमा जम्मा भएर विजय जुलुस ननिकाल्न भनेका हुन् । उनले भ्रष्टाचार र कुशासन हटाएर देशलाई आर्थिक रूपमा समृद्ध बनाउने लक्ष्य पूरा नभएसम्म विजय जुलुस निकाल्नुको खास अर्थ नहुने सामाजिक सञ्जालमा लेखेका छन् ।
'भ्रष्टाचार र कुशासनलाई हटाएर देशलाई आर्थिक रूपमा समृद्ध नबनाएसम्म विजय जुलुस निकाल्नुको कुनै अर्थ छैन,' उनले सामाजिक सञ्जालमा लेखेका छन् । पुनले अन्य उम्मेदवार र उनीहरूका समर्थकलाई पनि संयमता अपनाउन सुझाव दिएका छन् ।
म्याग्दीबाट उम्मेदवार बनेका पुनलाई यस निर्वाचनमा रास्वपाले समर्थन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण