उत्तरी गोरखाका सवै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो
गोरखा । गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ ।
बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम ल्याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
चुमनुब्री गाउँपालिका वडा नं २ ल्हो, वडा नं ३ सिर्दिबास, वडा नं ४ प्रोक र वडा नं ५ विहीको मतपेटिका विहान ल्याइएको हो । भौगोलिक विकटताका कारण चुमनुब्रीका २३ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउनुपर्ने बाध्यता थियो ।
“हिजो नै ति मतपेटिका ल्याउने तयारी भए पनि मौसम खराबीका कारण सकिएको थिएन”, उनले भने, “आज बिहान मौसम खुलेसँगै सेनाको हेलिकप्टरले बाँकी रहेको सबै मतपेटिका सदरमुकाम ल्याएको हो ।”
यसअघि शुक्रबार सेनाको हेलिकप्टरले नौ वटा मतदान केन्द्रको मतपेटिका ल्याएको थियो । गोरखा क्षेत्र नम्बर १ को मतपेटिका सङ्कलनको काम सम्पन्न भएसँगै आज नै मतगणना अगाडि बढाउने तयारी भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण