बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुगुमा अझै मतगणना सुचारु हुन सकेन

शनिबार, २३ फागुन २०८२, १२ : ४२
शनिबार, २३ फागुन २०८२

सारांश

  • प्रतिनिधिसभा निर्वाचनको मतगणना मुगु जिल्लामा भौगोलिक विकटताका कारण ढिलाइ भएको छ।
  • चीनसँग सिमाना जोडिएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याउन समय लागेको हो।
  • जिल्ला निर्वाचन आयोगका अनुसार आजै मतगणना सुरु गर्ने तयारी छ।

मुगु । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको देशभर मतगणना जारी रहँदा मुगु जिल्लामा भने भौगोलिक विकटताका कारण मतगणना ढिलाइ भएको छ। चीनसँग सिमाना जोडिएको दुर्गम क्षेत्र मुगुम् कार्मारोङ्ग गाउँपालिकाका डोल्पा र मुगुका २ वटा बुथ केन्द्रका मतपेटिका सदरमुकामसम्म ल्याउन दुई दिनसम्म पैदल हिँड्नुपर्ने भएकाले समय लागिरहेको हो।

जिल्ला निर्वाचन आयोग मुगुका अनुसार ती मतपेटिका आज केही समयमै सदरमुकाम पुग्ने अपेक्षा गरिएको छ। मतपेटिका पुगेपछि सर्वदलीय बैठक आह्वान गरी आज ढिलोमा करिब ३–४ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिएका छन्।

स्थानीय युवा आशिष देवकोटाका अनुसार ३६६५३ मतदाता भएको मुगुमा प्रत्यक्षतर्फ २२,०७७ मत खसेको छ भने कुल ७० वटा बुथ केन्द्र रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप