बारा–१ मा पनि रास्वपाका धिमालको विजय निश्चित
शनिबार, २३ फागुन २०८२, १३ : ५१
सारांश
- बारा-१ मा रास्वपाका गणेश धिमाल १० हजार मतान्तरले जित्ने निश्चित भएको छ।
- हालसम्म ६० हजार ३१८ मत गणना हुँदा धिमालले ३२०३५ मत प्राप्त गरेका छन्।
- निर्वाचन अधिकृतका अनुसार सिम्रौनगढ नगरपालिकाका केही वडाको गणना बाँकी छ, र साँझ ५ बजेसम्म नतिजा आउनेछ।
बारा । बारा– १ मा रास्वपाका उम्मेदवार गणेश धिमाल १० हजार मतान्तरले विजय हुने निश्चित भएको छ । सो क्षेत्रमा खसेको करिब ८१ हजार मतमध्ये ६० हजार ३१८ मत गणना भइसकेको छ ।
जसमा रास्वपाका उम्मेदवार धिमालले ३२०३५,नेकपा एमाले उम्मेदवार अच्युत मैनाली १०,९१३, नेपाली कांग्रेसका उम्मेदवार शम्भु बुढाथोकीले १०,२५७, नेकपाका उम्मेदवार सन्तोष दंगालले २ हजार २१७ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रको हालसम्म कोल्हवी, निजगढ नगरपालिका, बारागढी, आर्दशकोतवाल गाउँपालिकाको गणना भइसकेको छ । बारा–१ का निर्वाचन अधिकृत शम्भुबहादुर बस्नेतले हाल सिम्रौनगढ नगरपालिकाका केही वडाहरू मात्रै गणना हुन बाँकी रहेको र साँझ ५ बजेसम्म नतिजा सार्वजनिक हुने बताएका छन् । उनले १५ हजार मतगणना गर्न बाँकी भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण