प्रतिनिधिसभा निर्वाचन
प्रेम आलेलाई हराउँदै कैलाली–५ मा रास्वपाका चन्द निर्वाचित
शनिबार, २३ फागुन २०८२, १५ : १६
सारांश
- कैलाली क्षेत्र नं. ५ बाट रास्वपाका आनन्दबहादुर चन्द निर्वाचित भएका छन्।
- चन्दले ३१,९५३ मत ल्याएर पूर्वमन्त्री प्रेमबहादुर आलेलाई पराजित गरे।
- नेपाली कांग्रेसका नर नारायण शाह दोस्रो र आले तेस्रो स्थानमा रहे।
कैलाली । कैलाली क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आनन्दबहादुर चन्द निर्वाचित भएका छन् । ३१ हजार ९५३ मत ल्याएका चन्दले पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आलेलाई पराजित गरे । आलेले ७ हजार ८७६ मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा नेपाली कांग्रेसका नर नारायण शाह ११ हजार ९५८ मत सहित दोस्रो भएका छन् । पूर्वमन्त्री आले तेस्रो स्थानमा समिति भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आनन्द बहादुर चन्दलाई विजयी घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण