दीपकराज गिरी भन्छन्– ‘कलाकार सधैँ सत्ताको प्रतिपक्षमा हुनुपर्छ’
सारांश
- कलाकार दीपकराज गिरीले कलाकारहरू सधैँ सत्ताको प्रतिपक्षमा हुनुपर्ने बताए।
- उनले निर्वाचनको परिणामलाई सहज रूपमा स्वीकार गर्नुपर्ने र जनताको आवाज उठाउनुपर्ने धारणा राखे।
- गिरीले कलाकार कुनै दल विशेषको नभई समाज र आम नागरिकको हुनुपर्ने सन्देश दिए।
काठमाडौँ । अभिनेता तथा निर्माता कलाकार दीपकराज गिरीले कलाकारको भूमिका सधैँ सत्ताको प्रतिपक्षमा हुनुपर्ने बताएका छन् । निर्वाचनको सरगर्मी र परिणामप्रति सङ्केत गर्दै गिरीले सामाजिक सञ्जालमार्फत कलाकारहरूले निस्वार्थ रूपमा जनताको आवाज उठाउनुपर्नेमा धारणा राखेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘कलाकारहरूले सकेसम्म सत्ताको प्रतिपक्षमा बसेर जनताको कुरा बोलिदिनुपर्छ । हिजोसम्म त्यही नै गरियो, भोलिदेखि पनि निस्वार्थ त्यही नै गरिन्छ !’
निर्वाचनमा नयाँ शक्तिको उदय र पुरानाको बहिर्गमन भइरहेका बेला गिरीले सन्तुलित र तटस्थ टिप्पणी गर्दै चुनावी परिणामलाई सहज रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।
उनी अगाडि लेख्छन्- ‘चुनाव सकियो, आउनेलाई शुभकामना ! जानेलाई धन्यवाद ।’ सधैँ सामाजिक र राजनीतिक विसङ्गति विरुद्ध बोल्दै आएका गिरीले कलाकारहरू कुनै दल विशेषको नभई समाज र आम नागरिकको हुनुपर्ने सन्देश दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण