नेकपाकी उम्मेदवार शर्माकाे प्रशंसा गर्दै पोखरेलले भने– मेराे विजेता तपाईँ नै हाे, सँगै मिलेर काम गर्नुपर्छ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिनिधि सभा सदस्यमा निर्वाचित सस्मित पोखरेलले निष्पक्ष ढंगले प्रतिस्पर्धा गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टी(नेकपा)की उम्मेदवार कल्पना शर्माको प्रशंसा गरेका छन्।
काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका पोखरेलले शर्माको प्रशंसा गर्दै भने,‘हाम्रा धेरै राजनीतिक प्रतिस्पर्धीहरू हुनुहुन्थ्यो, तर तपाईंले सबैभन्दा निष्पक्ष ढङ्गले प्रतिस्पर्धा गर्नुभयो। सकारात्मक अभियान, पारस्परिक सम्मान, कुनै अफवाह फैलाउने कार्य होइन, कुनै साइबर आक्रमण वा गलत प्रचार पनि होइन। तपाईंले केवल आफ्नै अभियानमा केन्द्रित हुनुभयो।’
उनले आफ्ना लागि शर्मा नै विजेता भएको भन्दै सँगै मिलेर काम गर्नुपर्ने बताए।
पोखरेलसँग पराजित शर्माले पनि राजनीतिक संस्कारसहितको समाज निर्माण गर्नुपर्ने बताइन्। देश र जनताप्रति एक आपसमा सहकार्य आजको सभ्य समाज निर्माणको सुरुवात भएको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण