शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

रसुवामा समानुपातिकतर्फको मत गणना सम्पन्न

आइतबार, २४ फागुन २०८२, ०० : ३४
आइतबार, २४ फागुन २०८२

रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न भएको छ।

रसुवामा प्रत्यक्षतर्फ २५ हजार ४५८ मत खसेको थियो भने समानुपातिकतर्फ २६ हजार ४०३ मत खसेको थियो । घोषित मत परिणामअनुसार रसुवामा रास्वपाले ७ हजार ६१८, राप्रपाले १६७, नेकपाले ९५७, नेकपा (एमाले)ले ३ हजार ५८८ र नेपाली कांग्रेसले ९ हजार ६०० मत प्राप्त गरेको जिल्लास्थित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यस्तै जनमत पार्टीले १०२, नेपाल मजदुर किसान पार्टीले १४, राष्ट्रिय जनमोर्चाले ८ तथा प्रगतिशिल लोकतान्त्रिकले ४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद उप्रेतीले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप