बैतडीमा राप्रपाका भुपेनबहादुर चन्दले तीन हजार मत पनि कटाउन सकेनन्
सारांश
- सुदूरपश्चिम प्रदेशको चुनावमा राप्रपाका लागि बैतडी विशेष चासोको केन्द्र बनेको थियो।
- लोकेन्द्रबहादुर चन्दका छोरा भुपेनबहादुर चन्दले चुनावमा प्रतिस्पर्धा गरे तर नतिजा राम्रो आएन।
- भुपेनबहादुर चन्दले २ हजार ६ सय ८१ मत मात्र प्राप्त गरे, जुन अपेक्षाभन्दा कम थियो।
धनगढी । यस पटकको चुनावमा सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि बैतडी जिल्ला विशेष चासोको केन्द्र बनेको थियो। पूर्वप्रधानमन्त्री तथा राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला भएकाले पनि यहाँ पार्टीको प्रतिष्ठा दाउमा रहेको मानिएको थियो।
यही कारण यस पटक बैतडीमा राप्रपाले चन्दका छोरा भुपेनबहादुर चन्दलाई उम्मेदवारका रूपमा अघि सारेको थियो। पेसाले आईटी इन्जिनियर, पाइलट तथा अभिनेतासमेत रहेका भुपेनले आफूलाई आधुनिक सोच र स्पष्ट राजनीतिक दृष्टिकोण बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै घरदैलो अभियानमार्फत मत मागिरहेका थिए।
चुनावअघि पालिका अधिवेशनका क्रममा जिल्लाका १० वटै स्थानीय तह पुगेका उनले राप्रपाको संगठन विगतको तुलनामा निकै बलियो र व्यापक बनेको दाबी गरेका थिए। बुवाको राजनीतिक विरासतसँगै आफ्नो दक्षता र नयाँ सोचका कारण युवा मतदातामाझ आफू लोकप्रिय रहेको दाबी पनि उनले गरेका थिए।
तर चुनावी नतिजा भने अपेक्षाअनुसार आउन सकेन। चर्चामा रहेका उम्मेदवार भुपेनबहादुर चन्द मतपरिणाममा निकै पछाडि परे। उनले जम्मा २ हजार ६ सय ८१ मत मात्र प्राप्त गरे, जुन तीन हजार मतसमेत कटाउन नसकेको परिणाम रह्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण