इरानले नयाँ सर्वाेच्च नेता चयन गरेको दाबी
आइतबार, २४ फागुन २०८२, १६ : ३१
सारांश
- इरानमा नयाँ सर्वोच्च नेता चयन भएको दाबी गरिएको छ।
- एसेम्बली अफ एक्सपर्ट्सका सदस्य अहमद आलामोलहोदाले नयाँ नेता चयन प्रक्रिया सम्पन्न भएको बताए।
- औपचारिक घोषणा भने एसेम्बली अफ एक्सपर्ट्सको सचिवालय प्रमुखले गर्नेछन्।
तेहरान । इरानमा नयाँ सर्वाेच्च नेता चयन भएको दाबी गरिएको छ । इरानको एसेम्बली अफ एक्सपर्ट्सका सदस्य अहमद आलामोलहोदाले नयाँ नेताको चयन प्रक्रिया सम्पन्न भइसकेको बताएका छन् ।
अर्ध–सरकारी मेहर समाचार एजेन्सीका अनुसार आलामोलहोदाले सर्वाेच्च नेताको चुनाव भइसकेको र नयाँ नेता चयन गरिएको बताएका हुन्। तर औपचारिक घोषणा भने अझै गरिएको छैन । उनका अनुसार अब निर्णय सार्वजनिक गर्ने जिम्मेवारी एसेम्बली अफ एक्सपर्ट्सको सचिवालय प्रमुख होसेनी बुशेहरीमाथि रहेको छ ।
बुशेहरीले औपचारिक रूपमा घोषणा गरेपछि मात्र नयाँ सर्वोच्च नेताको नाम सार्वजनिक हुने अपेक्षा गरिएको छ । इरानमा सर्वोच्च नेता देशको सबैभन्दा शक्तिशाली पद मानिन्छ । एसेम्बली अफ एक्सपर्ट्स नामक धार्मिक परिषद्ले सर्वोच्च नेताको चयन गर्ने संवैधानिक अधिकार राख्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण