सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पुनकाे प्रस्ताब

अब सुशीला कार्कीलाई राष्ट्रपति बनाउनु पर्छ : महावीर पुन

आइतबार, २४ फागुन २०८२, २३ : ४७
आइतबार, २४ फागुन २०८२

सारांश

  • पूर्व शिक्षामन्त्री महावीर पुनले सुशीला कार्कीलाई नयाँ राष्ट्रपतिका लागि प्रस्ताव गरेका छन्।
  • उनले सामाजिक सञ्जालमार्फत कार्कीलाई राष्ट्रपतिमा मनोनयन गर्न उपयुक्त हुने धारणा राखेका हुन्।
  • पुनले कार्कीको कुशल नेतृत्व र निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको भन्दै प्रशंसा गरे।

काठमाडौँ। पूर्व शिक्षामन्त्री एवं हालै प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित महावीर पुनले अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई आगामी नयाँ राष्ट्रपतिका रूपमा प्रस्ताव गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले कार्कीलाई राष्ट्रपतिमा मनोनयन गर्न उपयुक्त हुने धारणा सार्वजनिक गरेका हुन् ।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको र राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मत प्राप्त गरिरहेको सन्दर्भ जोड्दै पुनले यस्तो प्रस्ताव अघि सारेका हुन्। वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि रिक्त हुने पदमा कार्कीलाई ल्याउनुपर्ने उनको भनाई छ ।

पुनले भने छ, ‘देश अस्तव्यस्त र सङ्कटपूर्ण अवस्थामा रहेको बेला उहाँले कुशल नेतृत्व सम्हाल्नुभएको थियो । धेरैले आशङ्का गरे पनि उहाँले सफलतापूर्वक निर्वाचन गराएर देखाउनुभयो । उहाँको त्यस्तो साहस र नेतृत्वलाई कदर गर्दै अब राष्ट्रपति पदमा उहाँजस्तो योग्य व्यक्तिलाई मनोनयन गर्नु उचित हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप