हजारभन्दा कम मतान्तरमा हारजित भए यी १० क्षेत्रमा
सारांश
- प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ, जसमा रास्वपाले धेरै सिटमा जित निकालेको छ।
- ओखलढुंगा, सिन्धुली, बागलुङ, गुल्मी, तेह्रथुम, दैलेख, बाजुरा, अछाम, डोटी, ताप्लेजुङ, भोजपुर, पाल्पा, कालिकोट र हुम्लामा झिनो मतान्तरले हारजित भएकाे छ।
- रास्वपाका बालेन्द्र शाहले झापा ५ मा ठूलो मतान्तरले जित हासिल गरे भने अन्य क्षेत्रमा पनि रास्वपाले राम्रो नतिजा ल्याएको छ।
काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म प्रत्यक्षतर्फ १६५ मध्ये १६१ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमध्ये १२४ सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित निकालेको छ ।
नेपाली कांग्रेस १७ र नेकपा एमाले ८ सिटमा खुम्चिएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ७, श्रम संस्कृति पार्टी ३, राप्रपा र स्वतन्त्रले एक-एक सिट जितेका छन् ।
मत परिणाम आउन बाँकी चार क्षेत्रमध्ये रास्वपा एक,कांग्रेस एक र एमाले एक स्थानमा अग्रता लिएको छ । जसमा रास्वपा गोर्खा १, कांग्रेस इलाम १, एमाले संखुवासभामा अहिलेसम्म अग्रस्थानमा रहेको छ । धनुषा १ मा भने रास्वपाका उम्मेदवारको उम्मेदवार खारेज भएको र यसविरुद्ध अदालतमा मुद्दा रहेकाले मत परिणाम रोकिएको छ ।
देशैभर रास्वपाको लहर चल्दै धेरै ठाउँमा एकलौटी रूपमा मत ल्याएर सो पार्टीका उम्मेदवार जित निकालेका छन् । तर केही क्षेत्रमा भने थोरै मतान्तरले मात्रै जित निकालेको अवस्था छ ।
झापा ५ मा रास्वपाका बालेन्द्र शाहले ४९ हजार बढी मतान्तरले जितेका छन् । जुन प्रतिशतका हिसाबले ५६.९७ प्रतिशत मतान्तरले विजयी भएका छन् । झापा २ मा रास्वपाकी इन्दिरा राणा मगरले ६८.१९ प्रतिशत मतान्तर अर्थात् ४८ हजार बढी मतले विजयी भएकी छन् ।
अन्य क्षेत्रमा पनि रास्वपाका उम्मेदवार ठुलो मतान्तरले विजयी भएको देखिन्छ । तर केही क्षेत्रमा भने अत्यन्तै झिनो मतले मात्रै जित निकालेको अवस्था छ । बालेन्द्र शाहले ४९ हजार बढी मतले जित निकाल्दा कसैले ५ मतान्तरले पनि विजयी भएका छन् । तीमध्ये कम मतान्तरले हारजित भएका १५ क्षेत्रहरु यस्ता छन् ।
ओखलढुंगा
अहिलेसम्म मत परिणाम आएका क्षेत्र मध्ये सबैभन्दा कम मतान्तरमा रास्वपाले जित निकालेको क्षेत्र ओखलढुंगा बनेको छ । ओखलढुंगामा कांग्रेसका कुमार लुइँटेलले ५ मतको हार बेहोरे । उनलाई रास्वपाका विश्वराज पोखरेलले ५ मतको मतान्तरले जिते । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा लुइँटेलले १३ हजार ९४८ मत ल्याएर दोस्रो बने ।
अछाम – २
सुदूरपश्चिम प्रदेश अन्तर्गतको अछाम २ मा पनि कम मतान्तरले हार–जित भएको क्षेत्र पर्छ । जसमा नेकपा एमालेका यज्ञबहादुर बोगटीले ४ सय ७२ मतान्तरले हराए । उनले ९ हजार ५१८ मत ल्याउँदा नेपाली कांग्रेस पुष्पबहादुर शाहले ९ हजार ४६ मत ल्याए ।
अछाम–१
अछाम क्षेत्र नम्बर १ मा कांग्रेसका भरतबहादुर स्वार विजयी भए । स्वारले नेकपाका भीम रावललाई ५ सय २६ मतको अन्तरमा हराए । स्वारले १० हजार ७ सय ५९ मत ल्याउँदा रावलले १० हजार २ सय ३३ मत प्राप्त गरे ।
बाजुरा
बाजुरा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार लालबहादुर थापा कम मतान्तरले पराजित भए । कांग्रेसका जनकराज गिरीसँग ५ सय ४० मतले उनलाई हराए । गिरीले १७ हजार १७३ मत ल्याएर विजयी हुँदा एमालेका थापाले १६ हजार ६३३ मत पाए ।
गुल्मी–२
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्ट झिनो मतान्तरले पराजित भए । उनले विष्टले १६ हजार ९६७ मत ल्याए । तर रास्वपाका गोविन्द पन्थीले १६ हजार ४०६ मत ल्याएका थिए । यसरी गुल्मी २ मा ५ सय ६१ मतान्तरले रास्वपाले जित निकालेको छ ।
दैलेख–१
दैलेख क्षेत्र नम्बर १ मा पनि एमालेका उम्मेदवार रवीन्द्र राज शर्मा साँघुरो मतान्तरले पराजित भए । शर्मालाई कांग्रेसकी बासना थापाले ५ सय ७६ मतान्तरले हराइन् । उक्त क्षेत्रमा शर्माले ११ हजार ७९६ र थापाले १२ हजार ३७२ मत ल्याएकी थिइन् ।
बागलुङ–२
बागलुङ–२ मा पनि झिनो मतले रास्वपाले जित निकालेको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका टेकराज पौडेल ७ सय ७९ मतान्तरले पराजित भए । उनलाई रास्वपाका उम्मेदवार सोम शर्माले १२ हजार ६४७ मत ल्याउँदै पराजित गरे । यता पौडेलले ११ हजार ८६८ मात्रै मत ल्याएका थिए ।
सिन्धुली–१
सिन्धुली–१ मा नेकपा एमालेका प्रदीप कुमार कटवाल क्षेत्री पनि झिनो मतान्तरले पराजित भए । कटवालले १५ हजार ८७५ मत पाउँदा रास्वपाका धनेन्द्र कार्कीले १६ हजार ६५९ मत पाए । यसरी हेर्दा कार्कीले कटवाललाई ७ सय ८४ मतान्तरले पराजित गरेका छन् ।
डोटी
डोटी क्षेत्र नम्बर १ मा एमालेका दीपकबहादुर धामी सानो मतान्तरले पराजित भए । उनी कांग्रेसका भरतबहादुर खड्कासँग ७ सय ८७ मतले पछि परे । खड्काले १४ हजार ८९७ र धामीले १४ हजार ११० मत पाए ।
तेह्रथुम
तेह्रथुममा एमालेका सचिव भानुभक्त ढकाल झिनो मतान्तरले पराजित भए । रास्वपाका सन्तोष सुब्बासँग ८ सय ७९ मतान्तरले जित निकाले । ढकालले १० हजार ६८२ र सुब्बा ११ हजार ५६१ मत ल्याए ।
पच्चीस सय भन्दा कम मतान्तरमा हारजित भएका ५ निर्वाचन क्षेत्र
यसैगरी, पच्चीस सय भन्दा कम मतान्तरमा ५ निर्वाचन क्षेत्रमा हारजित भएको छ l
कालिकोट
कालिकोट १ मा नेपाली कम्युनिस्ट पार्टी महेन्द्र बहादुर शाही विजयी भएका छन् । उनले नेकपा (एमाले) नगीन्द्र शाहीलाई हराए । उनले १ हजार ८७ मतान्तरले हराए । नेकपाका शाहीले ११ हजार ७३४ एमालेका शाहीले १० हजार ६४७ मत ल्याएका थिए ।
पाल्पा–१
पाल्पा १ मा काँग्रेसका सन्दीप राना विजयी भएका छन् । उनले एमालेका नारायण प्रसाद आचार्य झिनो मतान्तरले हराए । उनले एमालेका आचार्यलाई १ हजार ५ सय १७ मतान्तरले हराएका हुन । उनले १८ हजार ३३६ ल्याउँदा एमालेका आचार्यले १६ हजार ८१९ मत ल्याए ।
हुम्ला
कर्णाली प्रदेश हुम्ला १ मा पनि थोरै मतान्तरले हारजित भएको छ । जसमा नेपाली कांग्रेस जय पती रोकायाले नेकपाका दीपेन्द्र रोकायालाई हराए । नेकपाका रोकायालाई १ हजार ५ सय ५४ मतान्तरले हारे । कांग्रेसका रोकायाले ८ हजार ७९७ मत ल्याउँदा नेकपाका दीपेन्द्र रोकायाले ७ हजार २४३ मत ल्याए ।
भोजपुर
एक मात्रै निर्वाचन क्षेत्र रहेको भोजपुरमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । उनीसँग एमालेका सचिव शेरधन राई पराजित भए । शेरधनलाई राईलाई १ हजार ९ सय १३ मतान्तरले हराए । श्रम संस्कृति पार्टीका राईले १६ हजार ६६३ मत ल्याउँदा एमालेका राईले १४ हजार ७५० मत ल्याए ।
ताप्लेजुङ
ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवेले विजयी हासिल गरेका छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा झिनो मतले नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु पराजित भए । उनलाई थेवेले २ हजार २ सय ५१ मतले जिते । लिम्बुले ११ हजार ७११ मत ल्याउँदा थेवेले १३ हजार ९६२ मत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण