बारामा समानुपातिकतर्फ ५४ प्रतिशत मत रास्वपालाई, प्रत्यक्षतर्फ ९९ उम्मेदवारको जमानत जफत
सारांश
- बारामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५४ प्रतिशत मत प्राप्त गर्यो।
- निर्वाचनमा रास्वपाले १ लाख ७० हजार मत ल्याएको छ भने नेकपा (एमाले) ले २६ हजार ४४३ मत मात्रै प्राप्त गरेको छ।
- यस निर्वाचनमा बाराका चारवटै क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार विजयी भएका छन्, र धेरै उम्मेदवारको जमानत जफत भएको छ।
बारा । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५४ प्रतिशत मत प्राप्त गरेको छ ।
४ लाख ६४ हजार ७८४ मतदाता रहेको बारामा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ लाख १५ हजार ९६७ मत अर्थात् ६७.८८ प्रतिशत मत खसेको थियो । जसमध्ये समानुपातिकतर्फ रास्वपाले मात्रै १ लाख ७० हजार मत प्राप्त गरेको छ ।
यसअघि ठूला दलमध्ये नेकपा (एमाले) ले २६ हजार ४४३ मत मात्रै प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३९ हजार र जसपा नेपालले २६ हजार १९ मत ल्याएर चौथो स्थानमा पुगेको छ । नेकपाले करिब ४ हजार मत प्राप्त गरेको छ ।
यता प्रत्यक्षतर्फ चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार अत्यधिक मतले विजयी भएका छन् । २०७९ को निर्वाचनमा बारा क्षेत्र नं. १, ३ र ४ मा अच्युत मैनाली, ज्वालाकुमारी साह र किसान श्रेष्ठ निर्वाचित भएका थिए भने बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए ।
यसपटकको निर्वाचनमा बाराका चारवटा क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवार रहेका ११० जनामध्ये ९९ जनाको जमानत जफत भएको छ ।
कुल सदर मतमध्ये १० प्रतिशत पनि ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।
जमानत जफत हुनेमा एमाले, कांग्रेस, नेकपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, श्रम संस्कृति, उज्यालो नेपाल पार्टी, परिवर्तन नेपाललगायतका पार्टीका उम्मेदवार पनि छन् । तत्कालीन ठूला तथा मधेसकेन्द्रित दलका उम्मेदवारको समेत जमानत जफत भएको छ ।
जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार बारा–१ मा २० उम्मेदवारमध्ये १७ जनाको जमानत जफत भएको छ । बारा–२ मा २९ उम्मेदवारमध्ये २६ जनाले जमानत जोगाउन सकेनन् भने बारा–३ का २४ उम्मेदवारमध्ये २२ जनाको जमानत जफत भएको छ । त्यसैगरी बारा–४ मा प्रतिस्पर्धामा रहेका ३७ उम्मेदवारमध्ये ३४ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकृत नविन चौधरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण