ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिए, अब के हुन्छ ?
सारांश
- ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका हराएका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिए।
- सहायक निर्वाचन अधिकृतले प्रत्यक्षतर्फका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएको स्वीकारेका छन् ।
- कांग्रेस उम्मेदवार लुइँटेलले मुचुल्का अनुसार मतपत्र बदर गर्न माग गरेका थिए, र सोही अनुसार बदर गरियो।
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ओखलढुंगामा प्रत्यक्षतर्फका हराएका भनिएका मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएका छन् ।
सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले प्रत्यक्षतर्फका मतपत्र समानुपातिकको ढ्वाङमा भेटिएका स्वीकारे । ‘प्रत्यक्षतर्फका केही मतपत्र समानुपातिकतर्फका ढ्वाङ खोल्दा भेटिइरहेका छन्,’ सहायक निर्वाचन अधिकृत पाण्डेले रातोपाटीसँग भने ।
ओखलढुंगामा प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम भने घोषणा भइसकेको छ । नेपाली कांग्रेसका कुमार लुइँटेललाई पाँच मतले पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल निर्वाचित भएका छन् ।
यस्तो अवस्थामा अब के हुन्छ भनेर हामीले सहायक निर्वाचन अधिकृत पाण्डे र कांग्रेस उम्मेदवार लुइँटेललाई सोध्यौँ । कांग्रेस उम्मेदवार लुइँटेलले रातोपाटीसँग भने, ‘हामीले मतगणना सुरु गर्नुपूर्व गरेको सर्वदलीय मुचुल्कामा प्रत्यक्षतर्फको मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएमा बदर गर्ने भनेर सहमति गरी हस्ताक्षर गरेका थियौँ । त्यसैले त्यो बदर भइसक्यो ।’
सहायक मतदान अधिकृत पाण्डेले पनि निर्वाचनसम्बन्धी निर्देशिका र सर्वदलीय बैठकको मुचुल्कमा प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपत्रको ढ्वाङमा भेटिएपछि बदर गर्ने उल्लेख गरेकाले बदर भएको जानकारी दिए । पाण्डेले सर्वदलीय सहमतिको निर्णयअनुरूप गणना र मतपरिणाम घोषणा भएको जिकिर गरे ।
मतपरिणाम घोषणाअघि नै मुचुल्का र गणनामा भेटिएको मतमा १८८ को फरक परेको भन्दै कांग्रेस उम्मेदवार लुइँटेलले प्रश्न उठाएका थिए । उनले मतपत्र हराएको र त्यो खोजीका निम्ति पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका थिए । तर, आज रातोपाटीसँग भने पहिल्यैँ सहमति भइसकेकाले भेटिएका मतपत्र बदर गरेर समानुपातिकतर्फको गणना अगाडि बढाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण