सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
प्रतिनिधिसभा निर्वाचन-२०८२

प्रतिनिधि सभा निर्वाचन: १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक, कसले कति सिट जिते ?

सोमबार, २५ फागुन २०८२, २३ : १६
सोमबार, २५ फागुन २०८२

सारांश

  • प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको १६५ वटै क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भयो।
  • राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेर देशभर ऐतिहासिक जित हासिल गर्‍यो।
  • नेपाली कांग्रेसले १८ र नेकपा एमालेले ९ सिट जिते भने अन्य दलको पनि उपस्थिति रह्यो।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका सबै १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर ऐतिहासिक जित हासिल गरेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सिट जित्दै पहिलो दल बनेको छ । 

त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जित्न सफल भएको छ भने नेकपा (एमाले) ले ९ सिट जितेको छ । 

तेस्रो स्थानमा रहेको नेपाली कम्युनिस्ट पार्टीले ८ सिट जितेको छ भने नयाँ उदय भएको श्रम संस्कृति पार्टीले ३ सिट जित्दै उत्साहजनक उपस्थिति जनाएको छ । 

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ भने  एक जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।  म्याग्दी १ बाट पूर्व शिक्षामन्त्री महावीर पुन स्वतन्त्र उम्मेदवारी दिँदै विजयी भएका हुन् । 

यससँगै देशभरका १६५ निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना कार्य समाप्त भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप