नेशन्स गट ट्यालेन्ट विजेता बनिन् डोटीकी उदिप्ती
सारांश
- डोटीकी उदिप्ती रावलले 'नेशन्स गट ट्यालेन्ट' सिजन २ को उपाधि जितिन् र १ लाख रुपैयाँ पाइन्।
- म्याग्दीकी सुप्रिया थापा फस्ट रनर्सअप भइन् भने सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भइन्।
- प्रतियोगितामा १८ सय बालबालिका अडिसनमा सहभागी थिए, जसमा विभिन्न चरण पार गर्दै ६ जना फाइनलमा पुगे।
काठमाडौँ । डान्स रियाल्टी शो ‘नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा)’ सिजन २ को उपाधि डोटीकी उदिप्ती रावलले जितेकी छन् । एएनपी मिडिया हाउसद्वारा आयोजित बालबालिका सहभागी शोको विजेता भएपछि उनले उपाधिका साथमा नगद १ लाख रुपियाँ समेत प्राप्त गरेकी छन् । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नृत्य निर्देशक वसन्त श्रेष्ठ, कमल राई र राजु शाह उनलाई पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा म्याग्दीकी सुप्रिया थापा फष्ट रनर्सअप र सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भए । दुवैले उपाधिका साथमा क्रमशः नगद ६० हजार र ४० हजार प्राप्त गरे ।
प्रतियोगितामा कालिकोटकी स्प्रीका शाही थर्ड, भक्तपुरकी जलादि खड्का फोर्थ र महोत्तरीकी श्रृयाना घिशिङ फीप्थ रनर्सअप भए। उनीहरूलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।
स्पेस फोके टेलिभिजन र ओएसआर.रियाल्टीबाट प्रसारण हुँदै आएको शोको अडिसनमा १८ सयजना बाल–बालिका सहभागी थिए । विभिन्न चरणको छनौट पार गर्दै फाइनल ६ प्रतियोगीले प्रतिस्पर्धा गरेको आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध लवबहादुर कार्कीले जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
-
सुटिङका क्रममा कंगनाले वीर दासको ओठ टोकेर रक्ताम्मे बनाएको दाबी
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
-
देउवा दम्पतीलाई महँगो परेको असार १५ को दही चिउरा
-
शोमा युवतीमाथि अश्लील टिप्पणी गरेपछि समय रैना फेरि विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण