बालेन र रविलाई भुटानका प्रधानमन्त्रीको बधाई
मङ्गलबार, २६ फागुन २०८२, १२ : ५५
काठमाडौँ । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको आम निर्वाचनमा बालेन शाह र रवि लामिछानेले प्राप्त गरेको जितका लागि बधाई दिएका छन्। निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा भुटानी प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई व्यक्तिगत रूपमा र नेपाली जनतालाई सफल निर्वाचनका लागि शुभकामना दिएका हुन्।
उनले नेपालमा सम्पन्न लोकतान्त्रिक प्रक्रियाको प्रशंसा गर्दै यसलाई ठुलो उपलब्धिको रूपमा चित्रण गरेका छन्। नेपाल र भुटानबिचको ऐतिहासिक र घनिष्ठ सम्बन्धलाई स्मरण गर्दै उनले आगामी दिनमा दुई देशबिचको मित्रता अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण