सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

ललितपुरबाट चितुवाको उद्धार

मङ्गलबार, २६ फागुन २०८२, १३ : ३९
मङ्गलबार, २६ फागुन २०८२

सारांश

  • ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको टोलीले कुसुन्ती हाइटको स्कुलबाट चितुवाको उद्धार गरेको छ।
  • प्रहरी र वन कार्यालयको सहयोगमा चितुवालाई 'डार्ट' गरेर उद्धार गरिएको थियो, र हाल उपचारका लागि अस्पतालमा राखिएको छ।
  • चिडियाखानाले विगत एक वर्षमा धेरै वन्यजन्तुको उद्धार गरेको छ, र उपचारपछि तिनीहरूलाई प्राकृतिक बासस्थानमा छोडिएको छ।

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट आज बिहान एक चितुवाको उद्धार गरेको छ ।

सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो । अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहले जानकारी दिए । उपचारपछि उक्त चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने उनले बताए ।

चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ । त्यसमध्ये उपचार गरी ५७ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारीलाई प्राकृतिक बासस्थानमै छाडिएको थियो । चिडियाखानामा हाल ११५ प्रजातिका एक हजार ३०० बढी वन्यजन्तु छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप