बागलुङमा ४ हजार ४५२ मत बदर
सारांश
- बागलुङमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा चार हजारभन्दा बढी मत बदर भएको छ।
- जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा भन्दा क्षेत्र नम्बर २ मा बढी मत बदर भयो।
- मतपत्रमा गलत स्थानमा छाप लगाउने, एकभन्दा बढी चिन्हमा छाप लगाउने, र खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको हो।
बागलुङ । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङमा चार हजारभन्दा बढी मत बदर भएको छ । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा चार हजार ४५२ अर्थात ४.६३ प्रतिशत मत बदर भएको हो ।
निर्वाचन अगावै गाउँ गाउँमा पुगेर मतदाता शिक्षा दिए पनि मत बदर नरोकिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिए । उनका अनुसार क्षेत्र नम्बर १ मा भन्दा क्षेत्र नम्बर २ मा बढी मत बदर भएको छ ।
बागलुङ क्षेत्र नम्बर १ मा एक हजार ८७१ र क्षेत्र नम्बर २ मा दुई हजार ५८१ मत बदर भएको निर्वाचन अधिकारी रिजालले बताए ।
क्षेत्र नम्बर १ मा ९८ हजार ४६ मतदाता रहेकामा ४८ हजार ९३२ मत खसेको थियो । त्यसमध्ये ४७ हजार ६१ मत सदर भएको छ । जुन ९६.१८ प्रतिशत हो ।
क्षेत्र नम्बर २ मा ९५ हजार ३३५ जना मतदाता रहेकोमा ४७ हजार २०७ मत खसेको थियो । त्यस मध्य ४४ हजार ६२६ मत सदर भएको छ । जुन ९४.५३ प्रतिशत हो ।
निर्वाचन अधिकारी रिजालका अनुसार मतपत्रमा गलत स्थानमा छाप लगाउने, एकभन्दा बढी चिन्हमा छाप लगाउने लगाउने, खाली मतपत्र हाल्ने गरेको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण