एथ्लेटिको मड्रिडको ‘गोल वर्षा’: टोटनह्याम ५–२ ले पराजित
सारांश
- च्याम्पियन्स लिगमा एथ्लेटिको मड्रिडले टोटनह्यामलाई ५–२ गोलले पराजित गर्यो।
- एथ्लेटिकोका लागि जुलियान अल्भारेजले २ गोल गरे भने मार्कोस लोरेन्टे, एन्टोइन ग्रिजम्यान र रोबिन ले नर्मान्डले १–१ गोल गरे।
- टोटनह्यामका लागि पेड्रो पोरो र डोमिनिक सोलान्केले गोल गरेपनि हार टार्न सकेनन्।
काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले इङ्ग्लिस क्लब टोटनह्याममाथि ५–२ को फराकिलो जित दर्ता गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले आक्रामक सुरुवात गर्दै खेलको पहिलो हाफमै आफ्नो दबदबा कायम गरेको थियो । एथ्लेटिकोका लागि जुलियान अल्भारेजले दुई गोल गरे भने मार्कोस लोरेन्टे, एन्टोइन ग्रिजम्यान र रोबिन ले नर्मान्डले एक–एक गोल थपे ।
खेलको छैटौँ मिनेटमै मार्कोस लोरेन्टेको गोलबाट अग्रता लिएको एथ्लेटिकोका लागि १४ औँ मिनेटमा एन्टोइन ग्रिजम्यान र १५ औँ मिनेटमा जुलियान अल्भारेजले गोल गर्दै स्कोर ३–० पुर्याएका थिए । खेलको २२ औँ मिनेटमा रोबिनले नर्मान्डले चौथो गोल गरे भने अल्भारेजले व्यक्तिगत दोस्रो गोल ५५ औँ मिनेटमा थपेका थिए ।
यता टोटनह्यामका लागि २६ औँ मिनेटमा पेड्रो पोरो र ७६ औँ मिनेटमा डोमिनिक सोलान्केले एक–एक गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन । यो फराकिलो जितसँगै एथ्लेटिको मड्रिडले दोस्रो लेग अघि महत्त्वपूर्ण अग्रता बनाउँदै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
-
नाचगानमा रास्वपा महाधिवेशन प्रतिनिधि (भिडियाेसहित)
-
विश्वकपमा केप भर्डेको सनसनी, इतिहास रच्ने संघारमा
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण