कृष्णप्रसाद सिटौलाले गरे मत हाल्न नगएको भन्ने प्रश्नको खण्डन
सारांश
- कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न नगएको कुराको खण्डन गरे।
- उनले पार्टीभित्रको आन्तरिक विवाद छिट्टै टुंगिने र पार्टी पुन: सक्रिय हुने विश्वास व्यक्त गरे।
- सिटौलाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनीहरूको कामको आधारमा समर्थन वा विरोध गर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गत फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा आफू र निवर्तमान संस्थापनका नेताहरू मत हाल्न गृहजिल्ला नगएको भन्ने प्रश्नको खण्डन गरेका छन् ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकारहरूले पार्टीभित्रको आन्तरिक विवादका कारण तपाईंहरू प्रतिनिधिसभा निर्वाचनमा मत हाल्न गृहजिल्ला नगएको कुरा आएको छ, के त्यो सत्य हो भन्दै प्रश्न सोधेका थिए । त्यो प्रश्न सिटौलाले खण्डन गरेका हुन् । ‘हामी मत हाल्न नगएको भन्दै बाहिर आइरहेका कुरामा सत्यता छैन । हामी आ–आफ्नो ठाँउमा मत हाल्न गयौँ । मत हाल्न जान भन्ने ठाँउमा पनि भनेका हौँ,’ सिटौलाले पत्रकारहरूसँग भने, ‘अहिले अनावश्यक रूपमा हल्ला बाहिर ल्याउने काम भइरहेको छ ।’
उनले पार्टीभित्र रहेको आन्तरिक विवाद सर्वोच्च अदालतले छिटै टुग्यांउने विश्वास व्यक्त गरे । आन्तरिक विवाद मिलेपछि पार्टी ‘रिभाइभ’ हुने सिटौलाको भनाइ थियो । ‘सर्वोच्च अदालतमा पार्टीको आन्तरिक विवादसम्बन्धी मुद्दा विचाराधिन छ । अदालतले एउटा निर्णय दिएपछि हामी एकजुट भएर अगाडि बढ्छौँ । पार्टी रिभाइभ हुन्छ,’ सिटौलाले भने ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सिटौलाले प्रतिनिधिसभा निर्वाचनआ आएको नतिजालाई अप्रत्यासित रूपमा लिएको बताउँदै सहज बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनले गर्ने कामका आधारमा सहयोग गर्ने कि विरोध गर्ने भन्ने तय गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण