थाइल्यान्डले स्पष्टीकरणका लागि बोलायो इरानी राजदूतलाई
सारांश
- थाइल्याण्डले इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलायो किनभने हर्मुज जलडमरुमा थाई पानी जहाजमा विस्फोट भयो।
- विस्फोटपछि जहाजमा लागेको आगोमा तीन थाई चालक दलका सदस्य बेपत्ता छन्।
- इरान युद्ध सुरु भएयता हर्मुज जलडमरुमा १३ वटा जहाज प्रहार भएका छन्।
बैंकक । थाइल्यान्डले आफ्नो देशमा रहेका इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलाएको छ । बुधबार हर्मुज जलडमरु नजिक अज्ञात प्रक्षेप्यले लागेर थाई बल्क क्यारियर मयुरी नरीमा विस्फोट भएको घटनामा यो कदम चालिएको हो ।
राजदूतसँग जहाजमाथि भएको आक्रमणबारे सोधपुछ गरिने भन्दै थाइ न्यूज एजेन्सीले समाचार प्रकाशित गरेको छ । सरकारले बिहीबार दिएको जानकारीअनुसार घटनापछि जहाजमा आगलागी हुँदा तीन जना थाई चालक दल सदस्य अझै बेपत्ता छन् । जहाजमा विस्फोट हुँदा ती सदस्यहरू जहाजको इन्जिन कक्षमा ड्युटीमा रहेको अनुमान गरिएको छ ।
घटनापछि चालक दलका अन्य सदस्यहरूले लाइफ बोट प्रयोग गरेर जहाज छोडेका थिए । त्यसपछि उद्धार टोलीले २० जना चालक दल सदस्यलाई सुरक्षित उद्धार गरेको जनाएको छ । पछिल्ला दुई दिनमा हर्मुज जलडमरू आसपास कम्तीमा ६ वटा जहाज अज्ञात प्रक्षेप्यको निशाना बनेको बताइएको छ । इरान युद्ध सुरु भएयता निशानामा परेका जहाजको सङ्ख्या १३ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण