बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दिवंगत सुनिल थापाको अन्तिम फिल्म ‘राम नाम सत्य’को टिजर सार्वजनिक

शुक्रबार, २९ फागुन २०८२, ०९ : ५८
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • अभिनेता सुनिल थापाको सम्झनामा चलचित्र 'राम नाम सत्य' को टिजर सार्वजनिक गरिएको छ।
  • यो फिल्म थापाको अन्तिम चलचित्र हो, छायांकनकै क्रममा उनको निधन भएको थियो।
  • विराज भट्टको एक्सन र अन्य कलाकारको अभिनयले दर्शकको ध्यान खिचेको छ, चैत २७ गते रिलिज हुने तयारी छ।

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका दिग्गज अभिनेता स्वर्गीय सुनिल थापाप्रति समर्पित गर्दै चलचित्र ‘राम नाम सत्य’को टिजर सार्वजनिक गरिएको छ। यो फिल्म थापाको अन्तिम चलचित्र हो, जसको अन्तिम दृश्य छायांकनकै क्रममा उनको हृदयघातका कारण असामयिक निधन भएको थियो। 

माइकल चन्दको निर्देशनमा तयार भएको यस चलचित्रले स्वर्गीय थापाको विरासतलाई सम्मान गर्दै प्रचारप्रसार सुरु गरेको हो। सार्वजनिक टिजरमा एक्सन, सस्पेन्स, प्रेम र थ्रिलरको मिश्रण देख्न सकिन्छ, जसले दर्शकमा कौतुहलता जगाएको छ। 

विशेषगरी अभिनेता विराज भट्टको अहिलेसम्मकै फरक र आक्रामक एक्सन अवतार टिजरको मुख्य आकर्षण बनेको छ। चलचित्रमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार र खुसी कार्की जस्ता कलाकारहरूको सशक्त अभिनय रहेको छ।

माइकल इन्टरटेन्मेन्टको ब्यानरमा उपेन्द्र शाही र स्वेता बिमलीले निर्माण गरेको यस चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत रहेको छ। चलचित्रको ‘धागोले बाटेको’ बोलको गीत यसअघि नै चर्चामा आइसकेको छ। मानकृष्ण महर्जनको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको यो फिल्म आगामी २७ चैतदेखि देशभरका हलहरूमा प्रदर्शन हुने तयारीमा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप