मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

विजयको फिल्म ‘जन नायकन’लाई अर्काे झड्का : अमेजन प्राइमले रद्द गर्‍यो  १२० करोड सम्झौता

शुक्रबार, २९ फागुन २०८२, १४ : १९
शुक्रबार, २९ फागुन २०८२

सारांश

  • थलापति विजयको अन्तिम फिल्म 'जन नायकन' रिलिज हुनु अघि नै अमेजन प्राइमले सम्झौता रद्द गरेको छ।
  • सेन्सर बोर्डसँगको विवाद र ढिलाइले गर्दा फिल्मको डिजिटल अधिकारको सम्झौता रद्द भएको हो।
  • विजयको यो अन्तिम फिल्म ९ जनवरीमा रिलिज हुने तयारीमा थियो, तर सेन्सर विवादका कारण रोकिएको छ।

काठमाडौँ । दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजयको अन्तिम भनिएको फिल्म ‘जन नायकन’को समस्या थपिँदै गएको छ । सेन्सर बोर्डसँगको लामो विवाद र प्रदर्शनमा भइरहेको ढिलाइका कारण फिल्म ओटीटी प्लेटफर्म अमेजन प्राइमले सम्झौता रद्द गरेको छ।

भारतीय मिडियाका अनुसार, अमेजन प्राइमले ‘जन नायकन’ को डिजिटल राइट्सका लागि करिब १२० करोड भारुको डिल गरेको थियो । तर, फिल्मको सेन्सर विवाद नसुल्झिएपछि कम्पनीले सम्झौता रद्द गर्ने निर्णय गरेको हो । सामान्यतया ओटीटी प्लेटफर्महरूले थिएटर रिलिजको मितिका आधारमा सम्झौता गर्ने गर्छन्, जुन यस फिल्मको हकमा अनिश्चित बनेको छ ।

‘जन नायकन’ सुरुमा ९ जनवरीमा रिलिज हुने तयारीमा थियो । तर, केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डले फिल्मका केही दृश्यहरूलाई ‘संवेदनशील’ भन्दै हटाउन निर्देशन दिएपछि विवाद सुरु भयो । फिल्म निर्माता र सेन्सर बोर्डबिचको यो विवाद अदालतसम्म पुग्यो । दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि फिल्मले अहिलेसम्म सेन्सर सर्टिफिकेट पाउन सकेको छैन ।

विवाद सुल्झाउन निर्माताहरूले अदालतबाट मुद्दा फिर्ता लिएर रिभाइजिङ कमिटीको शरणमा पुगेका थिए । यसै सिलसिलामा ९ मार्चका लागि फिल्मको विशेष स्क्रिनिङ तय गरिएको थियो । तर, कमिटीका एक सदस्य अचानक बिरामी परेपछि अन्तिम समयमा स्क्रिनिङ रद्द गरियो । यसले फिल्मको रिभ्यु प्रक्रियालाई अझै पछाडि धकेलिदिएको छ ।

यो थलापति विजयको ३३ वर्ष लामो फिल्मी करियरको अन्तिम फिल्म बताइएको छ । उनले केही अघि एक कार्यक्रममा अभिनयबाट सन्यास लिने घोषणा गरेका थिए। विजय अब पूर्ण रूपमा राजनीतिमा सक्रिय हुने तयारीमा छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप