‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनप्रतिनिधिले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्ने बताएका छन् ।
घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रममा उनले भने, “जनताले दिएको मतको सम्मान गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जनप्रतिनिधिहरूले निर्वाचनका बेला गरेका वाचा कार्यान्वयन गर्न तयार हुनुपर्छ ।”
युवा विदेश पलायन भइरहेका विषयमा चिन्ता व्यक्त गर्दै उनले भने, “हिजो प्रश्न गर्ने ठाउँमा रहेका नेताहरू अहिले उत्तर दिने ठाउँमा पुगेका छन् । अब बोलेका कुरा व्यवहारमा लागू गर्नुपर्छ ।”
मुख्यमन्त्री शाहले मुलुक स्थिर सरकारतर्फ अघि बढिरहेको बताउँदै अब देश विकास र समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्काले आगामी सङ्घीय सरकारलाई शुभकामना दिँदै पाँच वर्ष स्थिर रूपमा काम गर्न आग्रह गरे । कैलाली क्षेत्र नं ३ मा रास्वपाबाट नवनिर्वाचित सांसद जगत जोशीले शिक्षामा परिवर्तन नगरी समाज परिवर्तन सम्भव नहुने भन्दै मुलुकमा नैतिक शिक्षाको आवश्यकता रहेको बताए ।
घोडाघोडी नगरपालिकाका प्रमुख खड्क रावतले तीनै तहका सरकारबीच समन्वय भए घोडाघोडीको विकास सम्भव हुने र यस क्षेत्रलाई शिक्षाको केन्द्र बनाउनु सकिने बताए । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले शिक्षाको सुधारका लागि आयोग सधैं साथमा रहने बताए ।
घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष लक्ष्मण न्युरेले प्रदेश सरकारको सहयोगले शिक्षाको विकासमा ठूलो टेवा पुगेको बताए । क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र बुझाउँदै थप सहयोगको अपेक्षासहित धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयका अध्यक्ष विष्णु सापकोटाले प्राविधिक शिक्षालाई जोड दिँदै नमुना सामुदायिक विद्यालयको नीति लिएर अघि बढ्ने बताए । प्रदेश सरकारको करिब रु १० करोड बजेटमा निर्माण हुन लागेको घोडाघोडी सामुदायिक माध्यमिक विद्यालयको भवन तीन चरणमा निर्माण सम्पन्न गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण