अदालत र राखेपको आदेशलाई बेवास्ता गर्दै अन्तिम नामावली सार्वजनिक
सारांश
- एन्फा निर्वाचन समितिले २०८२ सालमा हुने निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ।
- अध्यक्ष पदका लागि पङ्कज विक्रम नेम्वाङ्ग र दिर्घबहादुर के.सी. बीच प्रतिस्पर्धा हुनेछ।
- निर्वाचन समितिले ८८ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ, जसले नेपाली फुटबलको नेतृत्व चयन गर्नेछ।
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन समितिले २०८२ सालमा हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
पाटन उच्च अदालत र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तहगत निर्वाचन गरेर मात्र केन्द्रको निर्वाचन गर्न दिएको आदेशलाई लत्त्याउँदै केन्द्रको निर्वाचनको अन्तिम नामावली सार्वजनिक गरेको हो ।
समितिले उम्मेदवारहरूमाथि परेको दाबी विरोधको पुनरावेदनउपर निर्णय गर्दै मिति २०८२ साल फागुन २९ गते अन्तिम सूची प्रकाशन गरेको हो । सार्वजनिक नामावलीअनुसार अध्यक्ष पदका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्ष पदका लागि पङ्कज विक्रम नेम्वाङ्ग र दिर्घबहादुर के।सी।ले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, एक वरिष्ठ उपाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । जसमा दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा चुनावी मैदानमा छन् । चार जना निर्वाचित हुने उपाध्यक्ष पदका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षका उम्मेदवारहरूमा विकास नारायण श्रेष्ठ, मनिष जोशी, अनिल मल्ल, पेमा डोल्मा लामा, विश्वनासविक्रम शाह, अनिल श्रेष्ठ, उत्तमराज भण्डारी, महेन्द्र क्षेत्री, विजय घले र गणेशबहादुर चन्द रहेका छन् ।
कार्यसमितिको १३ सदस्य पदका लागि २८ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी, महिलातर्फ २ सदस्य पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । जसमा सरिला श्रेष्ठ मलेक, बिन्द्रा देवान, कमला हिराचन ठकुरी र लिलामाया थापा छन् ।
एन्फा निर्वाचन समितिले उम्मेदवारहरूको नामावलीसँगै निर्वाचनका लागि मताधिकार प्राप्त ८८ जना प्रतिनिधिहरूको नामावली पनि सार्वजनिक गरेको छ । यो निर्वाचनले आगामी कार्यकालका लागि नेपाली फुटबलको नेतृत्व चयन गर्नेछ ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण