कास्कीमा बोतलमा पेट्रोल भर्न नपाइने, विद्यार्थी र ज्येष्ठ नागरिकलाई ग्यासमा प्राथमिकता
सारांश
- कास्की जिल्ला प्रशासनले पेट्रोलियम पदार्थ र एलपी ग्यासको वितरणलाई व्यवस्थित गर्न नयाँ नियमहरू ल्याएको छ।
- प्रशासनले ७५ वर्ष माथिका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका र विद्यार्थीलाई प्राथमिकता दिने भएको छ।
- ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न डिजिटल अभिलेख राख्नुपर्ने र प्रशासनमा बुझाउनुपर्नेछ।
कास्की । कास्की जिल्ला प्रशासन कार्यालयले पेट्रोलियम पदार्थ र एलपी ग्यासको वितरणलाई व्यवस्थित बनाउन नयाँ नियमहरू लागू गरेको छ। शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले सुरक्षा र व्यवस्थापनको संवेदनशीलतालाई ध्यानमा राख्दै खुला रूपमा बोतल र जर्किनमा पेट्रोल बिक्री गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
जिल्लामा ग्यासको आपूर्तिलाई न्यायपूर्ण बनाउन प्रशासनले लक्षित वर्गका लागि विशेष व्यवस्था गरेको छ। ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, पूर्ण रूपमा अशक्त र अपाङ्गता भएका व्यक्तिहरूका साथै कोठा भाडामा बसेर अध्ययन गर्ने विद्यार्थीहरूलाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउनुपर्ने निर्णय भएको छ।
बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि ग्यास उद्योग तथा विक्रेताहरूले दैनिक कति ग्यास प्राप्त गरे र कति वितरण गरे भन्ने विवरणको डिजिटल वा लिखित अभिलेख राख्नुपर्नेछ। उक्त विवरण दैनिक रूपमा जिल्ला प्रशासन कार्यालयमा अनिवार्य बुझाउन निर्देशन दिइएको छ।
प्रशासनले ग्यासको अनावश्यक सञ्चय गर्न रोक लगाउँदै आधिकारिक प्रमाणपत्र प्राप्त व्यवसायीले मात्र बिक्री गर्न पाउने व्यवस्था गरेको छ। साथै, बाहिरी जिल्लाबाट ग्यास ल्याएर कास्कीमा बिक्री गर्नेहरूको विवरण पनि तत्काल बुझाउन भनिएको छ।
ग्यासको मूल्य, तौल वा वितरणमा ठगी भएमा सिधै प्रशासनमा उजुरी गर्न आग्रह गर्दै प्रजिअ शर्माले ग्यासमाथिको परनिर्भरता घटाउन उपभोक्तालाई विद्युतीय चुल्होको प्रयोग बढाउन समेत प्रोत्साहन गरेकी छिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण