दक्षिण लेबनानमा स्वास्थ्य केन्द्रमा आक्रमण, १२ स्वास्थ्यकर्मीको मृत्यु
सारांश
- लेबनानको दक्षिणी क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रमा इजरायली आक्रमण हुँदा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भयो।
- विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले घटनाको निन्दा गर्दै स्वास्थ्यकर्मी सुरक्षित हुनुपर्ने बताए।
- इजरायली सेनाले घटनाको समीक्षा भइरहेको जनाएको छ।
बेरुत । लेबनानको दक्षिणी क्षेत्रमा रहेको एक स्वास्थ्य केन्द्रमा भएको इजरायली आक्रमणमा १२ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा डाक्टर र नर्सहरूसमेत रहेका छन् ।
मन्त्रालयका अनुसार आक्रमण शुक्रबार बोर्ज कालाउइये क्षेत्रमा भएको थियो, जहाँ रहेको स्वास्थ्य केन्द्रलाई निशाना बनाइएको बताइएको छ । घटनाप्रति विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले कडा निन्दा गरेका छन् । यस्तो घटनाले लेबनानको स्वास्थ्य प्रणालीमाथि भइरहेको निरन्तर आक्रमणलाई देखाउने उनले बताएका छन् ।
‘स्वास्थ्यकर्मीहरू सधैँ सुरक्षित हुनुपर्छ। यस्तो दुखद घटनाको हामी कडा शब्दमा निन्दा गर्छौ’ टेड्रोसले भने ।
उता इजरायली रक्षा बल (आईडीएफ)ले दक्षिण लेबनानको उक्त क्षेत्रमा आक्रमण भएको रिपोर्टबारे आफूहरूलाई जानकारी भएको बताउँदै घटनाको समीक्षा भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
-
निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेटमा लुम्बिनीको पहिलो जित
-
बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकको 'ब्याक-टू-ब्याक' निर्देशन: अविश्वास कि माइक्रो म्यानेजमेन्ट ?
-
इरान युद्धमा मध्यस्थ भूमिका खेलेको पाकिस्तानले पाउला त आर्थिक लाभ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण